Logo

नेपाल प्रहरीको सुदृढीकरण मेरो भीष्म प्रतिज्ञा :  कुँवर



काठमाडौं १२ चैत । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक बसन्त कुँवरले नेपाल प्रहरीको आन्तरिक सुदृढीकरण आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन ।

आज आईजिपीको दज्र्यानी चिन्ह लगाएपछि बोल्दै ‘प्रहरीको आन्तरिक सदृढीकरण मेरो भीष्म प्रतिज्ञा हो । यसबाट म किञ्चित पनि डगमगाउने छैन,’ कुँवरले भने ।

उनले प्रहरी प्रशासनको सुधार गर्ने दिन गनेर बस्ने छुट आफूलाई नरहेको पनि स्पष्ट पारे । उनले अपराधको रोकथाम र अनुसन्धानमा कुनै पनि बहाना र विकल्प बिना काम गर्ने प्रतिबद्धता जनाए ।

प्रहरी महानिरीक्षक कुँवरले शान्ति सुरक्षाको उपलब्धता नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानसँगको निरन्तर समन्वय, सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा कानूनी राज्यको प्रत्याभूति दिलाउने प्रतिबद्धता पनि व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्