काठमाडौं, १२ चैत्र । लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिएको छ । माओवादी सरकारबाट बाहिरिएसँगै एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीको सरकार अल्पमतमा परेको छ ।
माओवादीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आज राजीनामा बुझाएका छन् । माओवादी सरकारबाट बाहिरिएसँग अब लुम्बिनीमा कांग्रेस नेतृत्वको प्रदेश सरकार बन्ने निश्चित भएको छ ।