Logo

सुकुम्बासीबारे संसद्मा बोले विश्वप्रकाश



काठमाडौं, १२ चैत्र । नेपाली कांग्रेसका महामन्त्री एवं संघीय सांसद् विश्वप्रकाश शर्माले सुकुम्बासी नागरिकले लालपूर्जा कहिले पाउँछन् ? भनी संसद्मा प्रश्न गरेका छन् ।

आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै महामन्त्री शर्माले झापा बुद्धशान्ति गाउँपालिकामा बसोबास गर्ने जसमाया केरुङको उदाहरण दिँदै नापी कहिले आउँछ भनेर सोधेका हुन् ।

‘उहाँ जहिले सोध्नुहुन्छ । यो मैले स्वास फेरिरहेको एक टुक्रा जमिनको लालपूर्जा मेरो हातमा कहिले पर्छ भनेर सोध्नु हुन्छ । देशको अनेकौं भेगका नागरिक यही सोध्छन्, नापी कहिले आउँछ ? अनि लालपूर्जा कहिले पाइन्छ ?’– उनले भने ।

बुद्धशान्ति लगायतका कतिपय ठाउँमा सरकारले लालपूर्जा वितरणको काम गरेपनि जनताले महगो कर तिर्न सक्दैनन् भन्ने हेक्का नराखेको उनको दाबी छ । सुकुम्बासी समस्या समाधान र जनतालाई जग्गा वितरणका लागि अविलम्व पहल सुरु गर्न पनि उनले आग्रह गरे । उनले सरकारलाई सुकुम्बासी समस्या समाधानका लागि चार वटा काम अविलम्व गर्न पनि आग्रह गरे ।

विश्वप्रकाशका यस्ता छन् चार सुझावहरुः

-नापी नभएको ठाउँमा अविलम्ब नापी सुरु गरियोस् ।
-जनताले तिर्न नसक्ने कर घटाएर न्यून बनाइयोस् ।
-कर समायोजनसँगै लालपुर्जा वितरण अघि बढाइयोस् ।
-अव्यवस्थित बसोबास र सुकुम्बासी समस्यालाई व्यवस्थापन गर्ने अन्तिम मितिको सुविचारित घोषणा गरियोस् ।



प्रतिक्रिया दिनुहोस्