Logo

नेप्सेमा २६ अंकको गिरावट



काठमाडौं १२ चैत । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २६ अंकले घटेको छ । शेयर बजारमा आज २६।८७ अंकले घट्दै १८८८।२७ बिन्दुमा कायम भएको छ ।

अघिल्लो साताको अन्तिम कारोबारका दिन बिहीबार मात्रै १८।१५ अंकले घटेको बजारमा आज ३७ लाख ५४ हजार ३३४ कित्ता शेयरको खरिदबिक्री हुँदा बजारमा १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५ सय ३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्