काठमाडौं १३ चैत । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पुर्वमन्त्री प्रकाशमान सिंहले २०४६ को जनआन्दोलन र वहुदलपछि नेपालको राजनीतिमा आदर्श र मुल्य मान्यताको संकट परेको टिप्प्णी गरेका छन ।
सोमवार काठमाडौंमा पुर्वमन्त्री एवं कांग्रेस नेता स्वर्गीय नविन्द्रराज जोशीको सालिक अवावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसले संस्थापक नेताहरुको जस्तो निष्ठा र आदर्शको राजनीति भुल्दै गएको बताएका छन ।
सिंहले भने, ‘२०४६ सालसम्म मूल्य मान्यता र आदर्शको रानजीतिमा बढी जोड दलहरुले दिएको हामीले पाएका छौं । तर २०४६ को परिवर्तनपछि, प्रतिबन्धित अवस्थाबाट पार्टी खुलामा आइसकेपछि पावर बेस्ड पोलिटिक्समा रुपान्तरण भएको छ । हाम्रा आदरणीय संस्थापक नेताहरुले देखाएको बाटोमा कतिको हामीले ध्यान दिन सकेका छौं, त्यसमा हामी सबैले मनन गर्दा राम्रो हुन्छ ।’