Logo

बालुवाटारमा तीन दलका शीर्ष नेताको संयुक्त बैठक



काठमाडौं, १३ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच संयुक्त भेटवार्ता भएको छ । देउवा र नेपालले आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

तीन दलका शीर्ष नेताहरुको छलफलमा भोलि बेलुका ४ बजे १० दलीय गठबन्धनको बैठक बसी मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।

तीन दलका शीर्ष नेताहरुको  संयुक्त बैठकअघि प्रचण्ड र देउवाले मात्रै पनि छलफल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्