Logo

प्रधानमन्त्री प्रचण्डविरुद्ध अभद्र व्यवहार गर्ने कारागार चलान



काठमाडौं, १३ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध नाराबाजी गर्ने तीन जना कारागार चलान भएका छन् । आइतबार उनीहरुलाई जिल्ला प्रशासन कार्यालयले पाँच हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपनि उनीहरुले धरौटी तिर्न नमानेपछि कारागार चलान गरिएको हो ।

गत हप्ता बानेश्वरमा प्रधानमन्त्री प्रचण्ड सहभागी भएको एक कार्यक्रममा उनीहरुले नाराबाजी गरेका थिए । कारागार चलान हुनेमा सोलुखुम्बुका उद्धव बस्नेत, बझाङका विप्लव खड्का र बाग्लुङ सोम शर्मा रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot