काठमाडौं, १३ चैत्र । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बढीमा सात दिनभित्रमा चालक अनुमतिपत्र (लाइसेन्स) दिने तयारी भइरहेको बताएका छन् ।
आज (सोमबार) पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले आगामी आठ महिना पछिदेखि बढीमा सात दिनभित्र नै लाइसेन्स दिन सकिने बताएका हुन् ।
मन्त्री श्रेष्ठका अनुसार अहिले दैनिक छ देखि सात हजारसम्म लाइसेन्स छाप्नुपर्ने भएपनि दैनिक चार हजारमात्रै लाइसेन्स छपाईको काम भइरहेको उनले बताए । उनले प्रिन्टिङ मेसिन किन्नका लागि टेन्डरसमेत भइसकेको बताएका छन् । File Photo/ Reporters Nepal