Logo

राष्ट्र बैंकका उपनिर्देशक डा.पोखरेल कर्णालीका मुख्यमन्त्रीको वरिष्ठ आर्थिक सल्लाहकार



काठमाडौं, १३ चैत्र । कर्णाली प्रदेशका मुख्यमन्त्रीको वरिष्ठ आर्थिक सल्लाहकारमा डा.शालिकराम पोखरेल नियुक्त भएका छन् । हाल नेपाल राष्ट्र बैंकका उपनिर्देशकमा कार्यरत डा. पोखरेललाई मुख्यमन्त्रीको वरिष्ठ आर्थिक सल्लाहकारमा नियुक्त गरिएको हो ।

अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटारलाई एक पत्र लेख्दै डा. पोखरेललाई काजमा पठाइदिन आग्रह गरेको छ ।

अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई लेखेको पत्रमा भनिएको छ– ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्रानुसार कर्णाली प्रदेश सरकारको मिति २०७९/१२/०८ निर्णयानुसार तहाँ बैंकमा कार्यरत उपनिर्देशक डा. शालिकराम पोखरेललाई कर्णाली प्रदेश सरकारका मुख्य मन्त्रीको वरिष्ठ आर्थिक सल्लाहकार (विज्ञ) नियुक्त गरेकोले निजलाई काज खटाइदिने व्यवस्थाका लागि नेपाल सरकार, सचिव (राजस्व) स्तरको मिति २०७९/१२/१२ निर्णयानुसार अनुरोध छ ।

 



प्रतिक्रिया दिनुहोस्