काठमाडौं, १३ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत पाएपछि पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । आज बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले भोलि बेलुका १० दलीय गठबन्धनको संयुक्त बैठक बसी निर्णय गर्ने सहमति गरेको छ ।
साथै, कांग्रेसबाट मन्त्री कसलाई पठाउने भन्ने बारेमा भोलि नै केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ । कार्य सम्पादन समितिको बैठकले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिने भनिएपनि देउवाले मन्त्रीहरुको लिष्ट प्रधानमन्त्री दाहाललाई बुझाइसकेको बताइएको छ ।
देउवाले बुझाएको लिष्टमा अर्थमन्त्रीमा डा. प्रकाशशरण महतको नाम सिफारिस गरिएको छ । डा. महतको नाम प्रधानमन्त्री प्रचण्डले पनि सहमति जनाइसकेको बताइएको छ ।