Logo

न्यूनतम् साझा नीति तथा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिइँदै, चार नेता छलफलमा



काठमाडौं, १३ चैत्र । सरकारको न्यूनतम् साझा नीति तथा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिनका लागि चार दलका नेताहरु छलफलमा जुटेका छन् ।

नेकपा (माओवादी केन्द्र) बाट शक्तिबहादुर बस्नेत, नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. विजय पौडेल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ सरकारको न्युनतम् साझा नीति तथा कार्यक्रमका बारेमा छलफलका लागि जुटेका हुन् ।

उनीहरुले सरकारको न्यूनतम् साझा नीति तथा कार्यक्रमको मस्यौदालाई आज अन्तिम रुप दिने बताइएको छ । साथै, सरकारको नीति तथा कार्यक्रमका बारेमा पनि चार दलका नेताहरुबीच गम्भीर छलफल भएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot