Logo

वैशाख–१० को उपनिर्वाचनमा राप्रपाले तीनवटै क्षेत्रबाट उम्मेदवार उठाउने



काठमाडौं, १३ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ ।

आज (सोमबार) बसेको राप्रपा पदाधिकारी बैठकले उपनिर्वाचनमा पार्टीबाट उम्मेदवार उठाउने निर्णय गरेको हो । आगामी वैशाख १० गते चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ ।

राप्रपाले उपनिर्वाचनका लागि चुनावी कमाण्डर पनि तोकिसकेको छ । राप्रपाले चितवनमा विक्रम पाण्डे, तनहुँमा नीलकण्ठ काफ्ले र बारामा बुद्धिमान तमाङलाई चुनावी कमाण्डर तोकेको हो ।

कमाण्डरलाई तोकिएको निर्वाचन क्षेत्रमा आवश्यक छलफल गरी उम्मेदवार टुंगो लगाउनेसम्मको अधिकार प्रत्योजन गरिएको बताइएको छ । File Photo/Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्