Logo

इन्जिनियरको लाइन्सेन्स परीक्षाको नतिजा प्रकाशित २८.५ प्रतिशत पास(नतिजासहित)



१४ चैत, काठमाडौं । इन्जिनियरको लाइसेन्स परीक्षामा २८.५ प्रतिशत परीक्षार्थी पास भएका छन् ।

लाइसेन्सका लागि २ हजार ६ जनाले आवेदन फारम भरेका थिए । तर परीक्षामा सहभागीहरुको संख्या भने १ हजार ९८१ थियो । तीमध्ये ५६५ जनामात्र पास भएका छन् । ११ जनाको परीक्षा रद्द गरिएको छ । यसअनुसार २८.५ प्रतिशत मात्र परीक्षार्थी पास र ७१.५ प्रतिशत परीक्षार्थी फेल भएका छन् ।
नेपाल इन्जिनियरिङ परिषदले यस वर्ष चैत दोस्रो साता पहिलो पटक इन्जिनियरिङ व्यवसाय दर्ताका लागि लाइन्सेन्स परीक्षा लिएको थियो ।

हेर्नुहोस् लाइन्सेन्स परीक्षाको नतिजा–

engineering council license Result



प्रतिक्रिया दिनुहोस्