काठमाडौं १४ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले खुलामञ्च आन्दोलनको निषेधित क्षेत्र नभएको बताएका छन । आज (मंगलबार) सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुल्लामञ्चमा राख्न गरिएको तयारी शंकास्पद रहेको बताएका हुन् ।
शाहले लेखेका छन- ‘खुलामञ्च निषेधित क्षेत्र होइन र हुने छैन । तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारीहरु शंकास्पद छन् ।’