Logo

मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय समिति



काठमाडौं, १४ चैत्र । मिटरब्याज पीडितसँग वार्ता गर्नका लागि सरकारले चार सदस्यीय समिति बनाएको छ । सरकारले बताएको समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा रहेका छन् ।

उनीहरुले मिटरव्याज पीडितलाई भेटेर माग बुझेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेट्ने समय निर्धारण गरिने बताइएको छ ।

मिटरव्याज पीडितहरु महोत्तरीबाट ११ दिन पैदल हिँडेर न्याय माग्नका लागि हिजो काठमाडौं आइपुगेका थिए । उनीहरुले काठमाडौंमा पनि खुल्ला आकाशमा रात विताएका छन् । File Photo/ Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्

Screenshot