Logo

तीन वटा मन्त्रालयमा जसपाको दाबी



काठमाडौं, १४ चैत्र । जनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले आफूहरु सरकारमा जाने वा नजाने भन्ने बारे टुंगो लागिनसकेको बताएका छन् ।

रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै उनले पार्टी सरकारमा सहभागी हुनेबारेमा आधिकारिक निर्णय नआइसकेको र सरकारमा सहभागी हुँदै गर्दा तीन वटा मन्त्रालयमा जसपाको दाबी हुने बताए ।

‘हामी अहिले सरकारमा जाने नजानेृ भन्ने आधिकारिक निर्णय नै हुन बाँकी छ । हामीले सरकार जाँदै गर्दा तीन वटासम्म मन्त्रालय पाउनु पर्छ भन्ने हो,’– उनले भने ।

जसपाबाट अशोक राईले सरकारमा नेतृत्व गर्ने भनेर मिडियाहरुमा आएपनि त्यो आधिकारिक नभएको उनको भनाई छ । सरकार जानेबारेमा पार्टीको आधिकारिक निर्णय भएपछि मन्त्रालय र मन्त्रीको बारेमा निष्कर्षमा पुग्ने उनले बताए ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot