काठमाडौं १४ चैत । नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा आलीले गुल्मीको रुरु र रेसुंगा भ्रमण गरेका छन ।
एमालेले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियानको क्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लापुग्ने क्रममा गुल्मी पुगेका ओली दम्पतिले ऐतिहासिक एवं पुरातात्विक महत्वको क्षेत्र रुरु र रेसुंगा भ्रमण गरेका हुन । उनले भ्रमणका क्रममा रुरुक्षेत्र धार्मिक र पर्यटकीय महत्वले अत्यन्तै भरिपुर्ण रहेको भन्दै यो क्षेत्रको प्रचार प्रसारमा स्थानिय तहले बिशेष भुमिका खेल्नुपर्ने बताए ।
रेसुङ्गा क्षेत्रमा ओलीसँगै उनकी पत्नी राधिका शाक्य, एमाले नेताहरु प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट पनि रेसुङ्गा पुगेका थिए ।
तस्विर : ओलीको सचिवालय