Logo

लयमा फर्कदै सेयर बजार,आजपनि बढ्यो नेप्से



काठमाडौं,१४ चैत। केही दिनदेखि लगातार रुपमा घटिरहेको सेयर बजार परिसुचाङ्क नेप्सेमा मंगलबारपनि दोहोरो अंकले वृद्धि भएको छ ।
आज नेप्से १२.१० अंकले वृद्धिहुँदै १९१८.१० अंकमा रोकिएको छ ।

अघिल्लो हप्ता निरन्तर ओरालो लागेको बजार विस्तारै लयमा फर्कने आसा लगानीकर्ताहरुको रहेको छ । आज ४० लाख ७७ हजार ७७८ कित्ता शेयरको खरिदबिक्री हुँदा बजारमा १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८ सय ७८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार विकास बैंक, वित्त र निर्जीवन बीमा उपसूचक घटे । अन्य उपसूचक भने बढेका छन् । यसमा पनि सबैभन्दा बढी लघुवित्त उपसूचक बढेको छ ।



प्रतिक्रिया दिनुहोस्