Logo

आरआर, पाटन र नेपाल कमर्स क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गर्न उच्च अदालतको आदेश



काठमाडौं १४ चैत । उच्च अदालत पाटनले चैत ५ गते निर्वाचन हुन नसकेका काठमाडौंका आरआर, पाटन र नेपाल कमर्स क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गर्न आदेश दिएको छ ।

न्यायाधीश जगदीश घिमिरेको एकल इजलासमा तीनवटै रिटमाथिको सुनुवाइपछि कारण देखाउ आदेशसहित अन्तरिम आदेश जारी भएको हो ।
मंगलवार उच्च अदालतमा तीन वटै क्याम्पसमा निर्वाचन माग गर्दै परेको रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश दिएको हो ।

रत्नराज्य क्याम्पसका एम ए प्रथम सेमेस्टरका विद्यार्थी मदन भण्डारीले रिट दायर गरेका थिए । त्यस्तै पाटन संयुक्त क्याम्पसका एमबीएस तेस्रो सेमेस्टरका सुरेश जिसी र नेपाल कमर्स क्याम्पसका दिवस सापकोटाले रिट दायर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्