काठमाडौं १४ चैत । गण्डकी प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टिमका चार खेलाडिलाई जनही ५० हजार नगदसहित सम्मान गरेको छ ।
प्रदेशले आगामी वर्ष जिम्बाबेमा हुने एक दिवसीय विश्वकप प्रतियोगिताको ‘क्वालिफायर’ मा नेपाललाई पुर्याउन सफल भएका प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडीहरु करण केसी (बागलुङ), यु -१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्याउन सफल भएका गण्डकीका अर्जुन कुमाल (गुल्मी), सुवास भण्डारी (बागलुङ) र दीपक डुम्रे (स्याङ्जा) लाई प्रदेश सरकारले मंगलबार नगदसहित सम्मान गरेको हो ।