काठमाडौं १४ चैत । नेकपा एकीकृत समाजवादीले नेता मुकुन्द न्यौपानेलाई सात दिने स्पष्टीकरण सोधेको छ । स्रोतका अनुसार मंगलबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
न्यौपानेले विगत केही समययता लगातार कार्यकर्ता भड्काउने गरी स्ट्याटस लेखेको निष्कर्षसहित पार्टीले स्पष्टीकरण सोधिएको हो । पार्टीमा तेस्रो वरियतामा रहेका न्यौपाने पछिल्लो केही समयदेखि नेकपा एमालेसँग पार्टी एकीकरण गनुपर्ने मत राख्दै आईरहेका छन् ।
नेकपा एस भने माओवादी र जसपासँग एकतागर्दै समाजवादी केन्द्र निमार्ण गर्नुपर्ने पक्षमा छ ।