Logo

पहिचानको आन्दोलन कुनै समुदाय वा जातिको विरुद्धमा होइन:जसपा



काठमाडौ १४ चैत । जनता समाजवादी पार्टी (जसपा)ले पहिचानको आन्दोलन कुनै समुदाय वा जातिको विरुद्धमा नभएको प्रष्ट पारेको छ ।

जसपाका प्रवक्ता मनिष सुमनले आज एक विज्ञप्ति जारी गर्दै पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्छ भन्ने माग र आन्दोलनलाई यथोचित गर्न सरकारसँग जोडदार माग गरेका छन् ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘पहिचानको आन्दोलन कुनै समुदाय वा जातिको विरुद्धमा हुदै होइन । उत्पपीडित राष्ट्रियताप्रति राज्य यति नकारात्मक र सशंकित हुनुपर्ने कुनै कारण पनि छैन । सबै र राजनीतिक अधिकार स्थापित हुने कुराले राष्ट्रियता अझ बलियो हुन्छ । आन्दोलनलाई वेवास्ता गर्नु लोकतन्त्रप्रतिको वेवास्ता हो ।’

जसपाले जारी गरेको विज्ञप्ति



प्रतिक्रिया दिनुहोस्

Screenshot