Logo

टिआसी विधेयक पारित भए नेपाल दण्डहीनताको स्वर्गभूमि हुन्छ– मानव अधिकारकर्मी



काठमाडौं, १४ चैत्र । मानव अधिकारकर्मी कपिल श्रेष्ठले विश्वका मानव अधिकारवादी संस्थाहरुले सरकारलाई निरन्तर सुझाव दिँदादिँदै गलत मनशायले सत्य निरुपण तथा मेलमिलाप विधेयक ल्याउन लागिएको बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा द्वन्द्वपीडित तथा मानव अधिकारवादी समुदायले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्ता कार्यले आफूहरु दुःखी र लज्जित हुनुपरेको उनले बताए ।

‘यो विधेयक पारित हुने हो भने नेपाल दण्डहीनताको स्वर्गभूमि हुन्छ । गणतन्त्र भन्छौं, यो दण्डहीनताले युक्त गणतन्त्र हो । यहाँ न्याय पनि हुँदैन र सत्य पनि हुँदैन । पीडकहरु, ज्यानमाराहरु, यी लोकतन्त्रका घातीहरु शिर ठाडो गरेर हिँड्छन् । मानव अधिकारका लागि लड्ने र लोकतन्त्रका लागि लड्नेहरु लुकेर, शिर झुकाएर बस्नुपर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot