Logo

गठबन्धन बैठक : न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश



काठमाडौं, १४ चैत्र । नेपाली कांग्रेस नेतृत्वको १० दलीय सत्ता गठबन्धनको मंगलबार बसेको बैठकमा न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ।

गठबन्धनको बैठकमा मन्त्रालयको भागबण्डाबारे सहमति नजुटेपनि न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ।

नेपाली कांग्रेसका प्रमुख सचेत रमेश लेखकले आजको बैठकमा सकारले ल्याउने न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको बताए।

उनले भने, ‘भागबण्डाभन्दा पनि आजको बैठक न्युनतम साझा कार्यक्रमको मस्यौदाका विषयमा छलफल भयो। भोलिसम्म त्यसलाई टुंग्याएर सार्वजनिक गर्ने सल्लाह भएको छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot