Logo

बालुवाटारमा १० दलीय सत्ता गठबन्धनको बैठक जारी



काठमाडौं, १५ चैत्र । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १० दलीय सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालय भागबण्डाकोबारेमा छलफलका लागि बैठक सुरु भएको हो ।

हिजो बसेको सत्ता गठबन्धनको बैठकमा दलहरुबीच सहमति जुट्न नसकेपछि आज विहानैदेखि दलहरु छलफलमा जुटेका हु्न् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत चैत्र ६ गते प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत पाएपनि गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डामा सहमति नजुट्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

लामो समयदेखि प्रधानमन्त्री प्रचण्डसँग १६ वटा मन्त्रालयको जिम्मेवारी छ । मन्त्रिपरिषद् विस्तार हुन नसक्दा मन्त्रालयको दैनिक काम कारबाही नै प्रभावित भएको छ । File Photo/ Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्