काठमाडौं १५ चैत । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मिटरब्याज पीडितहरुको आन्दोलनप्रती प्रदेश सरकारको ऐक्यवद्धता रहेको बताएका छन ।
मुख्यमन्त्रीर यादवले बुधबार बिहान एक विज्ञप्ति जारी गर्दै मिटरब्याज पीडितको हरेक पाइलामा सर्थन रहेको बताउँदै यो समस्या समाधानका लागि संयुक्तरुपमा लड्नुपर्ने बताएका छन् ।
‘गरीब झन् गरीब हुने, भएको सम्पत्तिसमेत स्वाहा हुने राष्ट्रिय समृद्धिको बाधक यो समस्याविरुद्ध संयुक्तरुपमा लड्न म मधेश प्रदेश सरकारको तर्फबाट सारा विद्वत वर्ग, चिन्तक, योजना विद्, विज्ञहरुलाई आह्वान गर्द्छु’ मुख्यमन्त्री यादवद्धरा जारी विज्ञप्तिमा भनिएको छ ।
मिटरब्याजको समस्या एक प्रदेश वा क्षेत्रको मात्रै नभएर सबैको साझा समस्या भएको हुँदा यो समस्याको समधानको निम्ती सबैजना एकजुट हुन यादवले अपिल गरेका छन् ।