Logo

नेकपा (एस) संकटमा, केही नेता पार्टी छोड्दै



काठमाडौं,चैत १५ । २०७८ को भाद्रमा नेकपा एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी बनाएका नेता माधवकुमार नेपाललाई नेकपा एकीकृत समाजवादी  (एस)मा पनि संकट देखिएको छ ।

एकीकृत समाजवादीका तेस्रो बरियतामा रहेका नेता मुकुन्द न्यौपाने, पार्टी उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटी सदस्य चुडांमणि जंगलीलगायतका नेताहरु एकीकृत समाजवादी छोडेर पुनः एमालेमै फर्कने कसरतमा लागेका छन । त्यस्कोे लागि केदार न्यौपाने र  चुडांमणि जंगलिले पार्टीबाट राजिनामा दिईसकेका छन ।

हिजो समाजवादीले बोलाएको सचिवालय बैठकले उपाध्यक्ष न्यौपाले र स्थायी कमिटी सदस्य जंगलिले दिएको राजिनामा स्वीकृत गरेको छ । भने नेता मुकुन्द न्यौपानेलाई सात दिने स्प्रष्टीकरण सोध्ने निर्णय गरेको थियो । उक्त निर्णयले झनै नेकपा एसमा संकट सिर्जना गरिदिएको छ । विरोधकै डरले हुनसक्छ नेकपा एसले उक्त निर्णय भने गोप्य राखेको छ ।

पार्टीमा नेता मुकुन्द न्यौपाने लामो समयदेखि फरकमत राख्दै आएका नेता हुन न्यौपानेले पछिल्लो पटक माधव नेपालले राष्ट्रपति पद लिएर पार्टी एकता गर्ने प्रस्ताव समेत नमानेको भन्दै अध्यक्ष नेपाल इण्डो–अमेरिकन एजेण्टमा पतन भएको आरोप लगाएका छन् । उनले माधव नेपालबाट नेपालको कम्युनिस्ट र देशभक्तिको आन्दोलनको नेतृत्व नहुने बताएका छन् ।

विगत केही समयदेखि नेकपा एसमा नेताद्धय मुकुन्द न्यौपाने, केदार न्यौपाने, स्थायी कमिटी सदस्य  चुडांमणि जंगलि पार्टी सचिब रामकुमारी झाक्री लगायतका नेताहरु नेकपा एमालेसँग पार्टी एकता गनुपर्ने पक्षमा छन तर अध्यक्ष नेपाल कुनैपनि हालतमा एमालेसँग मिल्न नहुने पक्षमा छन । पार्टीमा लामो समयदेखि चलिरहेको दुई धारले पार्टी गठनको छोटो अवधिमै नेकपा एसमा संकट सिर्जना गर्दै नेकपा एमालेबाट फुट्नुको औचित्यनै पुरा नहुने त हैन भन्ने प्रश्नचिन्ह समेत खडा भएको छ ।



प्रतिक्रिया दिनुहोस्