Logo

यस्तो छ सरकारको प्रस्तावित न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट



काठमाडौं, १४ चैत्र । मंगलबारको सत्तारुढ १० दलीय गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट पेश गरेका छन्।

सो ड्राफ्टमा उल्लेखित सरकारका न्यूनतम साझा कार्यक्रमहरु सत्तारुढ गठबन्धनमा छलफल भएपछि पारित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री दाहालले मंगलबार पेश गरेको ड्राफ्टमा मुख्यगरी नौ विषय प्राथमिकताका साथ समावेश गरीएको छ।

ड्राफ्टमा संयुक्त सरकारका प्राथमिकता निम्न हुनेछन् भनेर नौवटा प्राथमिकता समेटिएका छन्। प्रमुख तथा पहिलो प्राथमिकतामा संविधानको रक्षा र आवश्यकताअनुसार संविधान परिमार्जन, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण समेटिएको छ।

हेर्नुहोस् प्रस्तावित न्यूनतम साझा कार्यक्रमका नौ प्राथमिकता :

१. संविधानको रक्षा र आवश्यकताअनुसार परिमार्जन, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण

२.देशको अर्थतन्त्र सुदृढ गर्न नीतिगत र कार्यगत सुधार।

३.गुणस्तरीय सेवा प्रवाह र सुशासन तथा सदाचार।

४.शान्ति प्रक्रियाका बाँकी काम टुङ्गाउने ।

५.उत्पादनमुखी अर्थतन्त्र र आपूर्ति व्यवस्थामा सुधार।

६.खर्च कटौती र प्रशासनिक झमेलाबाट मुक्त।

७.जातीय क्षेत्रीय असमानता अन्त्य र सामाजिक न्याय स्थापना।

८.जलवायु परिवर्तन र यसले पारेका प्रभावको न्यूनीकरण।

९.राष्ट्रिय हित एवं जनताको समृद्धिका लागि स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति



प्रतिक्रिया दिनुहोस्

Screenshot