Logo

एमाले नेता पन्तको आरोप: माओवादीले संसदीय व्यबस्था स्वीकार नगरेकै कारण प्रचण्डले संसदको अपमान गरे



काठमाडौं १५ चैत । नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तले सरकार सदनप्रति गम्भिर नभएको आरोप लगाएका छन ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै नेता पन्तले माओवादीले संंसदीय व्यबस्थालाई स्वीकार नगरेको कारण प्रचण्डले पटक पटक संसदको अपमान गरेको बताएका छन ।

उनले भने ‘प्रधानमन्त्री जी संसदमा रमाउँदै हल्लिदै आउनुहुन्छ सत्तापक्षका सचेतक हरुले हतपत्त लुकाएर चेम्वरमा लैजानुपर्छ किनभने उहाँले प्रस्तुत गनुपर्ने विधयेक आफुले प्रस्तुत नगरेर मन्त्रीले प्रस्तुत गर्छन’  प्रधानमन्त्री संसदमा पनि आउने हल्ल्निे जाने तर सरकार र मन्त्रीहरु संसदप्रती जिम्मेवार नहुने ,

‘प्रधानमन्त्री माओवादीको हुनुहुन्छ। माओवादीको दस्ताबेज पढ्दा कहीँ पनि संसदीय व्यवस्था स्वीकारेको उल्लेख छैन। त्यो नस्वीकारेकै कारणले यो संसद्को मर्यादा र गरिमा बढाउन उहाँहरूलाई चासो नभएको त होइन  पन्तले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot