Logo

सरकार आफैंले सुकुम्बासी उत्पादन गरिरहेको छ : कांग्रेस सांसद पौडेल



काठमाडौं, १५ चैत्र । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप पौडेलले सरकार आफैंले सुकुम्बासी उत्पादन गरिरहेको आरोप लगाएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद पौडेलले सरकार आफैंले सुकुम्बासी उत्पादन गरिरहेको आरोप लगाएका हुन्।

फर्जी तमसुकको आधारमा हडपिएको जमिन फिर्ता ल्याउनेलगायत किसानसँग ५ बुँदे सहमति भएको बताउँदै सांसद पौडेलले अहिले कानुनको मस्यौदा गृहमा अड्किएको सुन्नमा आएको भन्दै भने, ‘कानूनको मस्यौदा महिनौं थन्किदा साहु महाजनले छलकपट गरेर किसानको जग्गा लिलाम गरिरहेका छन्। सरकार आफैंले सुकुम्बासी उत्पादन गरिरहेको छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot