Logo

तीन वटा मन्त्रालय नपाएसम्म एकीकृत समाजवादी सरकारमा नजाने



काठमाडौं, १५ चैत्र । नेकपा (एकीकृत समाजवादी) तीन वटा मन्त्रालय नपाएसम्म सरकारमा नजाने भएको छ । आज बसेको पार्टीको आकश्मिक बैठकले तीन वटा मन्त्रालय नपाएसम्म सरकारमा नजाने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

‘हामीले तीन वटा मन्त्रालय दाबी गरेको कुुरा हिजो पनि प्रष्ट पारेकै छौं । आजपनि त्यो दाबी कायम छ । तीन वटा मन्त्रालय प्राप्त भइनसकेको र मन्त्रालयको पनि टुंगो लागि नसकेको हुनाले हामी अहिले प्रधानमन्त्रीको उत्तरको प्रतिक्षामा छौं । कुनै पनि बेलामा निर्णय गर्ने गरी हामी तयार भएर बसेका छौं,’– खतिवडाले भने ।

नेकपा (एस) ले तीन मन्त्रालय दिन तयार भएर बसेको उनले बताए । पहिलो चरणमा प्रकाश ज्वालालाई नेकपा (एस) बाट सरकारमा पठाइने भनेर आएको समाचारमा कुनै सत्यता नभएको उनले बताए । नेकपा (एस) तीन वटा मन्त्रालयको अडानबाट ब्याक नभएको उनको दाबी छ ।

‘हामी एक होइन । तीन मन्त्रालय दिन तयार भएर बसेका छौं । एकको अहिले चर्चा नै गरिएको छैन । तीन वटा मन्त्रालय पाएपछि हामी नाम दिन्छौं । यो बेलासम्म हाम्रो अडान तीन वटा मन्त्रालय नपाएसम्म सरकारमा नजाने हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्