Logo

चितवन–२ को उपनिर्वाचनमा म दावेदार हुँ, केन्द्रीय समितिले उचित निर्णय लिन्छ–जीतनारायण श्रेष्ठ



काठमाडौं, १५ चैत्र । नेपाली कांग्रेसका पूर्व चितवन जिल्ला सभापति जीतनारायण श्रेष्ठले आगामी वैशाख १० मा हुने उपनिर्वाचनको लागि आफू चितवन–२ को उम्मेदवारका लागि बलियो दावेदार भएको बताएका छन् ।

रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग कुराकानी गर्दै उनले भोलि बस्ने पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उचित निर्णय लिने बताए ।

‘म उम्मेदवारको दाबेदार हुँ । भोलि पार्टीको कार्यसम्पादन समितिको बैठक छ । अघिल्लो पटक पनि मेरो नाम एक नम्वरमा सिफारिस भएको हो । अहिले पनि अधिकांश साथीहरुको मलाई नै समर्थन रहेको छ । निर्णय केन्द्रीय समितिले गर्ने हो । उचित निर्णय गर्छ भन्ने अपेक्षा गरेको छु,’– उनले भने ।

 

 



प्रतिक्रिया दिनुहोस्