Logo

पर्यटनमन्त्री किराँतीले ट्वीटरमा सोधेको प्रश्नमा सोविताको जवाफ : हवाइ क्षेत्र सुरक्षित बनाउनुहोस्



काठमाडौं १५ चैत । ‘नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन के गर्नुपर्ला ? संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ट्वीटरमा सोधेको प्रश्न हो यो । आज विहान पर्यटनमन्त्रीले राखेको प्रश्नले संसदमा प्रवेश पाएको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले उक्त प्रश्नको जवाफ दिदै नेपालको पर्यटनक्षेत्रलाई चलायमान बनाउने हो भने सबैभन्दा पहिले हवाई क्षेत्र सुरक्षीत बनाउनुपर्ने बताएकी छन । उनले संसदमा बोल्दै नेपालमा समय समयमा भईरहने ठुला हवाई दुर्घटनाको समचार र दुर्घटनामा परी सम्पुर्ण यात्रुको निधन भएको खबर सुन्दा मुटु चिसो हुन्छ,हवाई यात्रामा रहुन्जेलसम्म सुरक्षीत रुपमा गण्तव्यमा पुगिने हो होईन भन्ने चिन्ताले सताउने गर्दछ सांसद गौतमले भनिन् ।

यसैबीच सांसद गौतमले तत्काल नागरीक उड्डयन प्राधिकरण विधेययक र नेपाल हवाई सेवा विधेयक तत्काल ल्याउन माग गरेकी छन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot