Logo

एकीकृत समाजवादीबाट को बन्ला पहिलो चरणमा मन्त्री : बेदुराम की ज्वाला ?



काठमाडौं, १५ चैत्र । नेकपा (एकीकृत समाजवादी)मा पहिलो चरणको मन्त्रिपरिषद् विस्तारबारे चर्चा सुरु भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो चरणमा एक जना मन्त्री बनाउने भन्दै अध्यक्ष नेपाललाई एक जनाको नाम दिन आग्रह गरेसँगै पार्टीभित्र पहिलो चरणमा मन्त्रीहुनेमा उपाध्यक्ष डा बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालाको चर्चा चलेको छ।

बुधबार बसेको सचिवालय बैठकले सरकारमा भुसाल र ज्वालालाई पठाउने निर्णय गरेपनि पहिलो चरणमा कसलाई मन्त्री बनाउने विषय टुङ्गाएको थिएन।

स्रोतका अनुसार अध्यक्ष माधवकुमार नेपालले दुई जनामध्ये एक जनालाई पहिलो चरणमा सरकारमा पठाउने तयारी गरेका छन्। तर, अध्यक्ष नेपालले हालसम्म पहिला सरकारमा कसलाई पठाउनेबारे मुख खोलेका छैनन्। उनले पहिलो चरणमा सरकारमा सहभागी हुने मन्त्रीको नाम प्रधानमन्त्री दाहाललाई दिने तयारीमा छन्।

यस्तै, अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १० दलीय सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ। बैठकमा सरकारको साझा न्यूनतम कार्यक्रम र पहिलो चरणको मन्त्रिपरिषद्‍ विस्तारबारे निर्णायक छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्