Logo

‘श्रीमानलाई कारागारमा भेट्न जाँदा सोध्नुहुनेछ- आज पनि संसद्मा कविता वाचन गरेर आयौं प्यारी ?’



काठमाडौं, १५ चैत्र । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं संघीय सांसद रञ्जिता श्रेष्ठले संसद्लाई गरिमाको थलो बनाउनका लागि आग्रह गरेकी छन् । आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै सांसद श्रेष्ठले संसद्लाई गिल्ला गर्ने थलो नबनाउन आग्रह गरेकी हुन् ।

‘संसद्मा सांसदले बोलेको अर्थ राखियोस् । मर्यादा राखियोस् । पालना गरियोस् । होइन भने म यो संसद् सकिएपछि कारागारमा आफ्नो श्रीमान रेशम चौधरीलाई भेट्न जाउँला । उहाँले सोध्नु हुनेछ– आजपनि संसद्मा कविता वाचन गरेर आयौं प्यारी ? संसद् गरिमाको थलो बनोस्, गिल्ला गर्ने थलो नबनोस्,’– उनले भनिन् । File Photo/ Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्