Logo

मिलेन भागबण्डा– १० दलीय गठबन्धनको बैठक फेरिपनि निष्कर्षविहिन



काठमाडौं, १५ चैत्र । मन्त्रिपरिषद् विस्तारको छलफलका लागि बसेको १० दलीय सत्ता गठबन्धनको बैठक निष्कर्षविहिन बनेको छ । सत्ता गठबन्धनका दलबीच भगबण्डा मिलाउन दलहरु केही दिनदेखि प्रयासरत छन् ।

भागबण्डाकै लागि आज विहान पनि सत्ता गठबन्धनको बैठक बसेको थियो । आज बेलुका सत्ता गठबन्धनको निर्णायक बैठक बस्ने भनिएपनि आज पनि बैठक निष्कर्षविहिन बनेको हो ।

मन्त्रालय बाँडफाँडमा सहमति नजुटेपछि बैठक फेरि भोलि बस्ने गरी टुंगिएको छ । दलहरुले आ–आफ्नो दाबी कायमै राखेकाले आज मन्त्रीको भागबण्डा नटुंगिएको हो ।

नेपाली कांग्रेसले ९, एकीकृत समाजवादीले ३, जनता समाजवादी पार्टीले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३, लोसपा, जनमत, नाउपा लगायतका पार्टीले २/२ मन्त्रालयमा दाबी गरिरहेका छन् । १० दलको समर्थन पाएका प्रधानमन्त्रीलाई मन्त्रिपरिषद विस्तारमा भने सकस भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot