Logo

नेपालमा चिनियाँ अपराधिक गिरोह सलबलाउँदै, एकै व्यक्तिबाट ४८ लाखसम्म ठगे



काठमाडौं, १५ चैत्र । नेपाल प्रहरीले ठगी गरेको आरोपमा ९ जना चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउ गरेको छ।

अनलाइन सामाजिक संजाल माध्यमको मार्फतबाट ठूलो रकम लगाउँदा फाईदा हुन्छ भन्दै टेलीग्राम र अपरेशन टिचर नामक च्यानलबाट अनलाईन कक्षादिँदै विभिन्न प्रलोभनमा पारी ठगी गरेको सूचनाको आधारमा ९ जना चिनियाँसहित १० जना नेपालीलाई प्रकाउ गरिएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ।

अनलाइन व्यापारमा लगानी गरेबापत ३० प्रतिशत कमिसन पाउने लोभमा गिरोहले एकै व्यक्तिलाई ४८ लाख रूपैयाँसम्म ठगेको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीले बताए।

‘अनलाइन व्यापारको नाममा सामान खरिद गर्न लगाएर सामान बिक्री भएजस्तो गरेर सुरूसुरूमा कमिसन पनि पठाउने रहेछन्। तर, लगानी बढ्दै जाँदा कमिसन बन्द भएपछि पीडित आफू ठगिएको थाहा पाउने अवस्था देखियो’, एसएसपी केसीले भने।

पक्राउ परेकाहरुको साथबाट १२ थान ल्यापटप, ७७ थान सिमसहितको मोबाइल सेट, ७४ थान सिमकार्ड, विभिन्न ब्यक्तिहरुको नाममा रहेको ६ थान राहदानी, चार लाख एक हजार आठ सय असी रुपैयाँ नगद, २ थान डेस्कटपलगायतका समाग्रीहरुपनि बरामद गरेको प्रहरीले जनाएको छ।

मंगलबार उनीहरुलाई काठमाडौ बुढानिलकण्ठ-२ महादेबखोला र काठमाडौं-४ चण्डोलबाट पक्राउ गरिएको र ठगी सम्बन्धि कसुरअन्तर्गत थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाईएको उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot