बैशाख १० मा हुने उपनिर्वाचन अन्तर्गत बारा-२ बाट जनता समाजवादी पार्टीले उपेन्द्र यादवको एकल नाम सिफारिस गरेको छ ।
आज बसेको जसपा क्षेत्रीय समितिको बैठकले अध्यक्ष यादवलाई उम्मेदवार सिफारिस गरेको हो । बैठकबाट अध्यक्ष यादवको एकल नाम सिफारिस भएको जसपाका एक नेताले जानकारी दिए ।
बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र खाली भएकाले उपनिर्वाचन हुने भएको छ । उपनिर्वाचन वैशाख १० गते तोकिएको छ ।