Logo

रास्वपा उपनिर्वाचनअघि सरकारमा सहभागी नहुने



काठमाडौं, १६ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी नहुने भएको छ । रास्वपाले आगामी वैशाख १० गते हुने उपनिर्वाचन अघि सरकारमा नजाने निर्णय गरेको हो ।

रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग कुराकानी गर्दै रास्वपाका संसदीय दलका नेता डोलप्रसाद अर्यालले आगामी उपनिर्वाचन अघि सरकारमा सहभागी नहुने निर्णय भएको बताए ।

‘हामी आगामी चैत्र १० मा हुने उपनिर्वाचन अघि सरकारमा सहभागी हुँदैनौं । हाम्रो पार्टीमा निणर्य त्यही भएको छ,’– अर्यालले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । आज बेलुकी ४ बजेपछि मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot