Logo

चितवन पुगेर ‘प्रचण्ड’ को प्रतिवद्धता क्रिकेट रंगशालाको समस्या छिट्टै समधान गर्छु



काठमाडौं १६ चैत । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले चितवनमा अलपत्र अवस्थामा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको समस्या समधान गरेर काम थाल्ने घोषणा गरेका छन ।

बिहीबार भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको निर्माण कार्य शिलान्यास तथा विमानस्थल विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले रंगशालाका समस्या एक दुई हप्तामा समाधान हुने र निर्माण कार्य अगाडि बढ्ने बताएका हुन् ।

 

‘त्यो रंगशाला, मलाई लाग्छ एक या दुई हप्ताभित्र त्यसको सबै समस्या समाधान हुन्छ र निर्माण कार्य अगाडि बढ्छ,’ प्रचण्डले भने ।

हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को नेतृत्वमा निर्माण सुरू भएको रंगशाला आर्थिक अभावका कारण अलपत्र छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot