Logo

कांग्रेसबाट मन्त्री छान्ने जिम्मा सभापति देउवालाई (भिडियोसहित)



काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीबाट मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ । आज (बिहीबार) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति देउवालाई मन्त्री छान्ने अधिकार प्रत्योजन गरेको प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।

साथै, आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि पनि कांग्रेसले उम्मेदवार चयन गरेको छ । कांग्रेसले तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन– २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

‘तनहुँ– १ नम्बर क्षेत्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेविसंघका पूर्व सभापति गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । चितवन– २ को उपनिर्वाचनमा पार्टीका पूर्व चिवन सभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ,’– प्रवक्ता महतले भने ।

साथै, बारा क्षेत्र नं– २ को हकमा भने आगामी चैत्र १९ गते केन्द्रीय कार्यसमिति र संसदीय समितिको बैठक बसेर निष्कर्षमा पुग्ने बताइएको छ ।

‘बारा–२ को हकमा भने फेरि आगामी १९ गते केन्द्रीय कार्यसमिति र संसदीय समितिको संयुक्त बैठक बसेर थप छलफल गर्ने र निर्णयमा पुग्ने छलफल भएको छ,’- महतले भने ।

साथै, आजको बैठकमा समसामयिक राजनीतिका बारेमा विविध छलफल भएको उनले बताए । त्यसैगरी, मिटरब्याजको समस्याका बारेमा पनि पार्टीमा छलफल भएको छ । उक्त समस्यालाई कसरी कानुनी रुपमा समाधान गर्न सकिन्छ भनेरसमेत छलफल भएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot