Logo

गठबन्धनप्रति ओलीको टिप्पणीः ‘हाड–छालामात्रै रहेको देशबाट लामखुट्टेले जस्तो रगत निकाल्न खोजिएको छ’



काठमाडौं, १६ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको कुनै गन्तव्य नै नभएको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालको रजत महोत्सवको अवसरमा आयोजित विशेष साक्षतकार कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार कहाँ पुग्ने र के का लागि बनेको हो भन्नेसमेतमा अलमल रहेको टिप्पणी गरेका हुन् । ‘सरकारको एउटा गन्तव्य हुनु पर्दछ । कहाँ पुग्ने हो ? के का लागि बनेको हो ? त्यो केही पनि छैन,’– उनले भने ।

अहिलेको सत्ता गठबन्धनले देशलाई लामखुट्टेलेझैं चुसिरहेको उनको उनको आरोप छ । सत्ता गठबन्धनका गतिविधिका कारण देश निरन्तर ओरालोतर्फ लागेको भन्दै उनले सञ्चार माध्यमलाई सजक रहन आग्रहसमेत गरे ।

‘नितन्त अवसरको फाइदा लिएर, एक ढंगले भन्ने हो भने हाड छालामात्रै रहेको देशबाट सिरिन्ज घुसारेर लामखुट्टेले जस्तो रगत निकाल्न खोजिएको छ । जसले देशलाई अझ ओरालोतर्फ लगेको छ । यस्तो परिस्थितिमा सञ्चार क्षेत्रको असाधरण महत्व छ,’– ओलीले भने ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot