Logo

स्वर्णिम वाग्ले रास्वपाबाट तनहुँ–१ मा उम्मेदवार बन्ने हल्लामात्रै



काठमाडौं, १६ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीले डा. स्वर्णिम वाग्लेलाई उपनिर्वाचनमा उम्मेदवार बनाउने हल्लामात्रै भएको बताएको छ ।

रास्वपाका एक नेताले रिपोर्टर्स नेपालसँग कुराकानी गर्दै यसका कुनै सत्यता र आधिकारिक निर्णय नभएको बताए । ‘हल्लाको पछि नलागौं । कुनै सल्लाह र निर्णय भएको छैन । मिडियामा आएको हल्लामात्रै हो,’– उनले भने ।

डा. वाग्ले नेपाली कांग्रेसका प्रभावशाली नेता मान्छिन् । उनी अर्थविद् हुन् । डा. वाग्लेलाई रास्वपाले तनहुँ क्षेत्र नं– १ मा उपनिर्वाचनका लागि उम्मेदवार बनाउने चर्चा चलेको छ । चितवन–२, बारा–२ र तनहुँ– १ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्