काठमाडौं, १६ चैत्र । जनता समाजवादी पार्टी(जसपा)ले मन्त्री छान्ने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ।
बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले प्रधामन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा मन्त्री पठाउने जिम्मा अध्यक्ष यादवलाई दिएको हो।
गठबन्धनको भागबण्डा अनुसार जसपाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालय पाउने भएको छ।