Logo

सहमहामन्त्री बुर्लाकोटी भन्छन्- स्वर्णिम तयार भएको खण्डमा हामी मैदानमा सपोर्ट गर्छौं



काठमाडौं, १६ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले डा. स्वर्णिम वाग्लेका लागि तनहुँ–१ को मैदान खाली रहेको बताएका छन् ।

रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै उनले वाग्ले तनहुँ–१ मा उम्मेदवारको आकांक्षी भन्ने कुरा आएको र यदि उनी तयार भएको खण्डमा मैदानमा सपोर्ट गर्ने बताएका हुन् ।

‘उहाँ (स्वर्णिम वाग्ले) तनहुँ–१ को आकांक्षी उम्मेदवार भन्ने आएको छ । तनहुँ–को उम्मेदवारका लागि हामीले आवेदन आज बेलुकासम्म खुलाएका छौं । त्यसपछि प्रक्रियामा गएर हामी टुंग्याउँछौं । उहाँ आउनु भयो भने साथीहरुले उहाँलाई मैदानमा सपोर्ट गर्ने कुरा छ ,’– उनले भने ।

साथै, चितवन– २ मा पार्टी सभापति रवि लामिछानेमात्रै उम्मेदवारको आकांक्षी रहेको उनले बताए । तनहुँ र बाराको हकमा भने १९ गतेसम्म उम्मेदवार टुंगो लगाउने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot