काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेसका सांसद् डिग बहादुर लिम्बू कानून, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएका छन्।
उनको नाम पार्टी सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको कांग्रेस निकट उच्च स्रोतले जनाएको छ।
लिम्बू गत प्रतिनिधिसभा निर्वाचनमा मोरङबाट निर्वाचित भएका थिए।