Logo

‘दोहोरी आइडल’को अडिसन हुने



काठमाडौं, १७ चैत्र। लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन सुरु हुने तयारीमा छ। डिजिटल अडिसन सकिएको आयोजकले जनाएको छ। यसैबीच आयोजकले भोटिङ्ग पार्टनरको रुपमा इसेवा रहेको छ।

नेपालका प्रतिष्ठित ४२ कलाकारहरुबीच हुने प्रतिस्पर्धाको निर्णायकमा पूरुषोत्तम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा रहनेछन्। नेपालमा पहिलोपटक लिग स्तरीय दोहोरी रियालिटी शो गर्न लागिएको कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिए।

डीएआर मुभिजले गर्न लागेको रियालिटी शो ‘दोहोरी आइडल’ का विजेताले नगद १५ लाख र कार जित्नेछन् भने दोस्रो हुनेले नगद ७ लाख र तेस्रो हुनेले नगद ५ लाख प्राप्त गर्नेछन्। दोहोरी आइडलको छिट्टै नेपाल नेटवर्क टेलिभिजनमा प्रशारण हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot