Logo

जसपाका अशोक राईलाई दुई मन्त्रालयको जिम्मा



काठमाडौं, १७ चैत्र । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक कुमार राईलाई दुई वटा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

राईलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो । जसपा केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले दुवै मन्त्रालयको जिम्मा राईलाई दिइएको पुष्टी गरे ।

रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग कुराकानी गर्दै उनले भने– ‘अहिले अशोक राईलाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ । उहाँलाई शिक्षा र वन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी सरकारमा पठाएका छौं ।’



प्रतिक्रिया दिनुहोस्