Logo

मन्त्रिपरिषद्ले अझै पाएन पूर्णता– पाँच मन्त्रालय प्रधानमन्त्री प्रचण्डसँगै



काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । दलहरुको आन्तरिक विवादका कारण आज पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन ।

प्रधानमन्त्री प्रचण्डले पाँच वटा मन्त्रालय आफैंसँग राखेका छन् । अहिले प्रधानमन्त्री प्रचण्डसँग कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्