Logo

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा



काठमाडौं, १७ चैत्र । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेकै दिन उनले राजीनामा दिन लागेका हुन् ।

जनमत पार्टीबाट मन्त्री बनेका खानले उद्योग मन्त्रालय मागेका थिए । प्रधानमन्त्री प्रचण्ड उनलाई उक्त मन्त्रालय दिन तयार नभएपछि जनमत पार्टी सरकारबाट बाहिरिन लागेको हो ।

 

 



प्रतिक्रिया दिनुहोस्